देशको मुख्य समस्या भ्रष्टाचार रहेको प्रकाशचन्द्र लोहनी भनाई

विदुर खबर २०७५ मंसिर १ गते ३:३५

नुवाकोट मंसिर १,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारकै कारण देशमा आर्थिक विकास र समृद्धि हुन नसकेको बताउनुभएको छ ।

Advertisement

उहाँले नेपालको प्रमुख समस्या भनेकै बढ्दो भ्रष्टाचार भएको दाबी गर्नुभयो ।  बेलकोटगढी नगरपालिका–१० बेलकोटको निरञ्जना माविलाई कम्प्युटर हस्तान्तरण कार्यक्रममा डा लोहनीले भ्रष्टाचार निवारण गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्नका लागि वर्तमान सरकारले प्रयास नगरेको आरोप लगाउनुभयो । अध्यक्ष डा लोहनीले देशमा प्राविधिक शिक्षासँगै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्तिले यही स्वरोजगार बन्ने अवस्थाको सिर्जना गराउने अभियानमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।

स्व निरोज सेढाईं परोपकार संस्थाद्वारा आयोजित कार्यक्रममा निरञ्जना माविलाई एक थान कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।

Advertisement

प्रतिक्रिया