नुवाकोटमा रास्वपा छाड्ने बढ्दै, आचार्यले दिए राजीनामा
नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले पार्टी परित्याग गरेका छन् ।

शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उनले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उनले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
आचार्य रास्वपाको मौद्रिक विभाग सदस्य रहेका थिए भने नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका आकांक्षी पनि थिए । उनले आफूले टिकट नपाएपछि अर्का प्रतिस्पर्धी सुमन विक्रम पाण्डेलाई उम्मेदवार बनाउने प्रयास गरेका थिए । तर पार्टीले अच्युतम लामिछानेलाई उम्मेदवारको टिकट दिएपछि उनीसहित ठूलो समूह असन्तुष्ट बनेको बताइएको छ । असन्तुष्टमध्ये धेरै जना पार्टी छाड्ने अवस्थामा पुगेको स्रोतले जनाएको छ ।
आचार्यले आफ्नो राजनीतिक यात्रा, विचारधारागत असन्तुष्टि, पार्टीभित्र देखिएका अभ्यास तथा आत्मिक असहजताका कारण पार्टी छाड्ने निर्णय लिनुपरेको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “छोटो राजनीतिक यात्रामा ‘पूर्णविराम’ लगाएको छु। यो कदम ‘म यो खेलमा उपयुक्त खेलाडी हैन’ भन्ने महसुसपछिको आत्मस्वीकारोक्ति हो । म जहिल्यै आत्माको आवाज सुन्ने व्यक्ति हुँ। आत्मा र विवेकले नदिएपछि बस्न सकिनँ, माफ गर्नुहोस्।”
उनले थपेका छन्, “किन त भन्ने प्रश्नमा धेरै कारणहरू छन्, तर छोडेपछि नराम्रो भन्न नपरोस् भन्नेमा छु । जो हुनुहुन्छ, उहाँहरू राम्रो हुनुहुन्छ । आशा छ, राम्रो गर्नुहुनेछ । आफूसँग हुन्जेल राम्रो र निस्केपछि ‘अपराधी’ बनाउने घृणित कृत्य मबाट हुँदैन।”
राजनीतिमा शभ्य र सुसंस्कृत समाज निर्माणको उद्देश्यले प्रवेश गरेको उल्लेख गर्दै उनले अब त्यो अभिभारा अन्य साथीहरूले सम्हाल्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले आफूबाट दुखी वा चित्त दुखाएका सबैप्रति क्षमा याचना गर्दै सबैको कल्याणको कामना गरेका छन् ।
यसअघि रास्वपा नुवाकोटका संस्थापक नेता समेत रहेका अशोककुमार थापा र नुवाकोटकी केन्द्रीय महाधिवेशन प्रतिनिधि कमला रावल पान्डेले पार्टी छाडिसकेका छन् ।
सम्बन्धित समाचार
नुवाकोटमा रास्वपालाई धक्का, नेताहरु पार्टी छाड्दै
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा रास्वपा छाड्ने बढ्दै, आचार्यले दिए राजीनामा
बट्टारको सुकुमबासी टोलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला
राजनीतिक यात्रामा बिश्राम
देशमा धेरै काम भएका छन्, अझै धेरै गर्न बाँकी छ : ओली
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको उपाधि विदुर ६ ले उचाल्यो





प्रतिक्रिया