सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन : गगन थापा
नुवाकाेट । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसद्मा मधेशको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर-४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनु बताए । उनले सर्लाही-४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाए ।
आगामी पाँच वर्षमा मधेशका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनकाे दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैं सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले उनले आफूलाई मतदाताले पुर्ण रूपमा विश्वास गर्ने उल्लेख गरे ।
उनले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह समेत गरे । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आकलन नगर्न उनले सचेत गराए । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन दिए ।
उनलेआफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताए । गर्न नसकिने कामलाई आफूले सुरूमा नै गर्न नसक्ने बताउने उनले स्पष्ट पारे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया