सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन : गगन थापा
नुवाकाेट । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसद्मा मधेशको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर-४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनु बताए । उनले सर्लाही-४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाए ।
आगामी पाँच वर्षमा मधेशका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनकाे दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैं सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले उनले आफूलाई मतदाताले पुर्ण रूपमा विश्वास गर्ने उल्लेख गरे ।
उनले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह समेत गरे । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आकलन नगर्न उनले सचेत गराए । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन दिए ।
उनलेआफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताए । गर्न नसकिने कामलाई आफूले सुरूमा नै गर्न नसक्ने बताउने उनले स्पष्ट पारे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अण्डाको मूल्य बढ्यो, अब प्रतिक्रेट कति पर्छ ?
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा ९४ प्रतिशतभन्दा बढी मत खस्यो
सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड
चुनावी माहोलले सेयर बजारमा उत्साह,१४ अर्बको कारोबार
सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन : गगन थापा





प्रतिक्रिया