बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
नुवाकोट । नेकपा एमालेले बागमती प्रदेशका १३ वटा जिल्लाका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउँदा बागमती प्रदेश सरकारका पूर्वमन्त्रीदेखि सांसदसम्मले टिकट पाएका छन् । काठमाडौं जिल्लाको १० निर्वाचन क्षेत्रमा ६ जना उम्मेदवार तय भइसके भने ४ जना उम्मेदवार चयन गर्ने जिम्मा पार्टी अध्यक्ष अध्यक्ष ओलीले लिएका छन् ।
काठमाडौं-१ बाट मोहन रेग्मी, २ बाट मणिराम फुयाल, ३ बाट रामेश्वर फुयाल, ६ बाट अमनकुमार मास्के, ८ बाट राजेश शाक्य र १० बाट विनोद श्रेष्ठ उम्मेदवार तय भएको एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन् ।
अमनकुमार मास्के र रामेश्वर फुँयाल बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री हुन् । यसैगरी, काठमाडौं–४, ५, ७ र ९ नम्बर क्षेत्रमा उम्मेदवार चयन हुन बाँकी छ ।
सिन्धुलीको १ नम्बर क्षेत्रबाट प्रदीप केसी (कटुवाल) र २ नम्बर क्षेत्रबाट मनोजजंग थापा उम्मेदवार चयन भएका छन् । केसी बागमती प्रदेशसभाका पूर्वसांसद हुन् ।
रामेछापबाट माधवप्रसाद ढुङ्गेल, दोलखाबाट पार्वत गुरुङ, सिन्धुपाल्चोक–१ बाट आङदोर्जे शेर्पा र २ नम्बर क्षेत्रबाट शेरबहादुर तामाङ उम्मेदवार तय भएका छन् । काभ्रे–१ बाट अमित लामा र २ नम्बर क्षेत्रबाट उम्मेदवार तय हुन बाँकी रहेको छ ।
धादिङको १ नम्बर निर्वाचन क्षेत्रबाट भूमी त्रिपाठी र २ नम्बरबाट धनबहादुर घले, नुवाकोटको १ नम्बर क्षेत्रबाट बद्री मैनाली र २ नम्बर क्षेत्रबाट केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ उम्मेदवार भयन भएका छन् ।
नुवाकोटका पार्टी अध्यक्षसमेत रहेका केसी र पाण्डे बागमती प्रदेश सभाका पूर्वसांसद हुन् । उनीहरु प्रदेशसभाको अघिल्लो कार्यकालमा मन्त्रीसमेत बनेका थिए ।
यसैगरी, मकवानपुरको १ नम्बर क्षेत्रबाट रामेश्वर राना र २ नम्बर क्षेत्रबाट महेश बर्तौला उम्मेदवार चयन भएका छन् । चितवनको १ नम्बर क्षेत्रबाट पार्टी अध्यक्षसमेत रहेका कृष्णराज (कमल) पाठक, २ नम्बर क्षेत्रबाट अस्मिन घिमिरे र ३ नम्बर क्षेत्रबाट शंकरराज थपलिया उम्मेदवार बनेका छन् ।
ललितपुरको १ नम्बर क्षेत्रबाट चेतनाथ सञ्जेल, २ नम्बर क्षेत्रबाट प्रेमबहादुर महर्जन उम्मेदवार तय हुँदा ३ नम्बर क्षेत्रबाट भने उम्मेदवार टुंगिन बाँकी रहेको पार्टी बागमती प्रदेश कमिटी उपसचिव लामाले जानकारी दिइन ।
यसैगरी, भक्तपुरको १ नम्बर क्षेत्रबाट सोम मिश्र र २ नम्बर क्षेत्रबाट महेश बस्नेत उम्मेदवार रहेको लामाले बताइन् । मिश्र २०७४ को स्थानीय तह निर्वाचनबाट चाँगुनारायण नगरपालिकाको मेयर निर्वाचित भएका थिए । मिश्र र बस्नेत पार्टी कमिटीबाट सर्वसम्मत एकल सिफारिस भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण
काठमाडौंका मेयर बालेनले दिए राजीनामा
एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण





प्रतिक्रिया