दुप्चेश्वर गाउँपालिकाले पालिकास्तरीय भलिबलको उपाधि उचाल्यो

विदुर खबर २०८२ असोज २१ गते २०:३८

नुवाकोट । धादिङमा जारी “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नुवाकोटको दुप्चेश्वर गाउँपालिका उचालेको छ ।

Advertisement

मंगलबार नलाङ पात्ले माविको खेल मैदानमा सम्पन्न भएको फाईनल खेलमा गोरखाको घले हार्वेस्टिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै दुप्चेश्वर गाउँपालिकाले उपाधि उचालेको हो ।

प्रतियोगिताको उपाधि विजेता दुप्चेश्वरले १ लाख ११ हजार १११ रुयैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको गोरखाको घले हार्वेस्टिङले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

Advertisement

यस्तै तेस्रो भएको सिद्धलेक गाउँपालिकाले नगद ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो स्थानको लागि भएको खेलमा सिद्धलेक गाउँपालिकाले पन्चकन्या गाउँपालिका नुवाकोटलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
सोमबार भएको पहिलो सेमिफाईनलमा पन्चकन्या गाउँपालिका नुवाकोटलाई २–१ को सेटमा पराजित गर्दै घले हार्वेस्टिङ गोरखा फाईनल प्रवेश गरेको थियो भने धादिङको सिद्धलेक गाउँपालिकालाई २–१ को सेटमा पराजित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका फाईनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी दुप्चेश्वरका राजिव कँडेल, उत्कृष्ट स्पाइकर सिद्धलेकका अमर थापा मगर, उत्कृष्ट सेटर दुप्चेश्वरका मिन बहादुर तामाङ, उत्कृष्ट सर्भर दुप्चेश्वरका पुस्कल थापा, उत्कृष्ट डिफेन्डर घले हार्वेस्टिङका सुरेश बराम र उत्कृष्ट कोच दुप्चेश्वरका विक्रम थापा घोषित भएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष एवं नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङले बताए ।

Advertisement

बिजेता खेलाडीहरुलाई सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, सिद्धलेकका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा लगाएतले पुरस्कार वितरण गरेका थिए ।

तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा १७ गतेदेखी सुरु भएको प्रतियोगितामा धादिङ, गोरखा, नुवाकोट र रसुवाका गरी १४ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया