कम्युनिष्ट दर्शनले लोकतान्त्रिक अधिकारलाई रक्षा गर्न नसक्ने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको भनाई

विदुर खबर २०७५ कार्तिक १७ गते १३:३६

नुवाकोट कार्तिक १७, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट दर्शनले लोकतान्त्रिक अधिकारलाई रक्षा गर्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

Advertisement

नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटको स्वास्थ्यकर्मी दि भ्वाईस अफ हेल्थ प्रोफेसनल स्मारिका बिमोचन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले बर्तमान कम्युनिष्ट सरकारले न्यायलय माथि पूर्ण रुपमा हस्तक्षेप गर्दै आफु अनुकुल बनाएको आरोप लगाउनुभएको छ । उहाँले बर्तमान कम्युनिष्ट सरकारले प्र्रेस स्वतन्त्रतालाई समेत कुण्डित गरेको भन्दै राष्ट्रलाई बलियो पार्न काँग्रेसले मात्र सक्ने धारणा ब्यक्त गर्नुभएको छ ।

त्यस्तै स्वास्थ्यकर्मी जर्नादन शिलवालले स्वास्थ्यकर्मीहरुको वेदना सुन्न्न स्मारिका प्रकाशित गरेको बताए । स्मारिका विमोचन कार्यक्रममा पार्टीका नेर्तत्व तथा जिल्लाबाट पार्टीमा प्रतिनिधित्च्व गर्ने नेताहरुले गुटउपगुटलाई प्रत्साहन गरेको भन्दै चर्काै आलोचना भएको थियो ।

Advertisement

प्रतिक्रिया