नेपाल र उज्बेकिस्तान खेल्दै

नुवाकोट । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको आज नेपाल र उज्बेकिस्तानबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदैछ ।
समुह एफबाट एसियन कपमा छनौट हुन यो खेल दुवै देशका लागि जित्नैपर्ने अवस्था बनेको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २-२ खेलमा ६-६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७-१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७-१७ नै रहेको छ ।
त्यसैले आजको नेपाल र उज्बेकिस्तानबीचको खेल फाइनल खेल बनेको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ । यो खेल बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिने भएको छ ।
फिफा वरियतामा नेपालभन्दा उज्बेकिस्तान धेरै अगाडी रहेको छ । नेपाल सयौं स्थानमा छ भने उज्बेकिस्तान हाल फिफा वरियतामा ५१औं स्थानमा रहेको छ ।
नेपाल र उज्बेकिस्तानबीच अहिलेसम्म तीन खेल भएका छन् र तिनै खेल उज्बेकिस्तानले जितेको छ । उज्बेकिस्तानले १९९९ को एशिया कपमा नेपालमाथि ६-१ को जित हासिल गरेको थियो भने २०१९ को सेप्टेम्बरमा किर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल २-० र ३-२ ले पराजित भएको थियो ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्ड नेतृत्वको २१ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टिम उज्बेकिस्तानमा रहेको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया