मेयर कप क्रिकेट : वडा नम्बर १ सेमिफाईनल प्रवेश

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ पिपलटारमा जारी प्रथम विदुर मेयर कप वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।

बुधवार सम्पन्न भएको दोस्रो क्वाटरफाईनलमा विदुर नगरपालिका वडा नम्बर ६ लाई ५१ रनले पराजित गर्दै वडा नम्बर १ सेमिफाईनलमा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङ गरेको विदुर १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । विदुर १ लाई विजय गराउन खेलको म्यान अफ दि म्याच समेत रहेका यादव लामिछानेले सर्वाधिक ४८ रन बनाउनुको साथै ४ विकेट हात पारे । त्यस्तै अजेश राज शाक्यले २६ र योगेन्द्र अमात्यले ११ रनको योगदान गरे ।
बलिङतर्फ विदुर ६ का प्रकाश रिमाल एक्लैले ५ विकेट लिए । त्यस्तै विक्रम लामिछानेले दुई विकेट हात पारे ।
जवाफमा १३४ रनको लक्ष्य लिएर मैदानमा आएको विदुर ६ ले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । उसका लागि विक्रम लामिछानेले १८ रन बनाउनु वाहेक अन्य ब्यास्टम्यानले राम्रो खेल्न सकेनन् ।
प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको विदुर १ ले फाईनल प्रवेशको लागि वडा नम्बर ३ र ५ को विजेतासँग शुक्रवार प्रतिष्पर्धा गर्नेछ ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको आयोजनामा सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले ५० हजार, उप–विजेताले २५ हजार ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया