विदुर मेयर कप क्रिकेटको क्वाटरफाईनलको समिकरण पुरा
नुवाकोट । नुवाकोटको पिपलटार रंशालामा जारी प्रगम विदुर मेयर कप वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

आज वडा नम्बर ५ ले वडा नम्बर ९ लाई पराजित गरि क्वाटरफाईनमा स्थान सुरक्षित गरेसँगै क्वाटरफाईनलको समिकरण पुरा भएको हो ।
समुह ए बाट विजेताको रुपमा वडा नम्बर १२ र उपविजृेताको रुपमा वडा नम्बर ६ ले क्वाटरफाईनलमा स्थान सुरक्षित बनाएको छ । यस्तै समुह बि बाट विजेता बन्दै वडा नम्बर १ र उपविजेता भन्दै वडा नमबर ७ क्वाटरफाईनल प्रवेश गरेको छ ।
त्यस्तै समुह सि बाट विजेताको रुपमा वडा नम्बर ४ र उपविजेताको रुपमा वडा नम्बर ५ क्वाटरफाईनल प्रवेश गरेको छ । त्यस्तै समुह डि बाट वडा नम्बर ३ विजेता र वडा नम्बर २ उपविजेता भन्दै क्वाटरफाईनल प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत पहिलो क्वाटरफाईनलमा बुधवार विहान वडा नम्बर ७ ले वडा नम्बर १२ सँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै दोस्रो क्वाटरफाईनलमा वडा नम्बर १ र वडा नम्बर ६ विच प्रतिष्पर्धा गर्नेछ ।
त्यस्तै तेस्रो क्वाटरफाईनलमा वडा नम्बर २ र वडा नम्बर ४ बिच प्रतिष्पर्धा हुने छ भने चौथो क्वाटफाईनलमा वडा नम्बर ३ ले वडा नम्बर ५ सँग खेल्ने तय भएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उप विजेताले २५ हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र पाउने बताइएको छ
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगितामा विदुर नगरपालिकाका विभिन्न ११ वडाको सहभागिता रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया