विदुर मेयर कप क्रिकेट : वडा नम्बर ५ क्वाटरफाईनल प्रवेश

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ प्रथम विदुर मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको छ ।

पिपलटारस्थित बाग्मति प्रदेशस्तरीय रङ्गशालामा आज विहान सम्पन्न भएको खेलमा वडा नम्बर ९ लाई ६५ रनले पराजित गर्दै वडा नम्बर ५ समुह सि को उपविजेता बन्दै क्वाटफाईनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर ५ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन बनायो । उसका लागि खेलको म्यान अफ दि म्याच विकास चित्रकारले ६२ रन बनाए । ४५ वलको सामना गरेका उनले ८ चौका र तीन छक्का प्रहार गरे ।
यस्तै विनोद श्रेष्ठले २१, निरज चित्रकारले १७ र संजिव रिमालले १५ रनको योगदान गरे ।
बलिङतर्फ वडा नम्बर ९ का लागि विक्रम भण्डारी, रिभेष श्रेष्ठ र सौरााग श्रेष्ठले समान दुई÷दुई विकेट लिए ।
जवाफमा १५३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर ९ ले १४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८७ रन बनाउन सक्यो । उसका लागि राजेश श्रेष्ठले ३३ रन बनाउनुवाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।
विदुर ९ लाई सस्तैमा समेट्न विदुर ५ का सुमन न्यौपानेले ३ विकेट लिए । त्यस्तै दिपेश कुमाल र युकेश पनेरुले दुई दुई विकेट हात पारे ।
क्वाटरफाईनल प्रवेश गरेको विदुर ५ ले सेमिफाईनल प्रवेशको लागि विदुर वडा नम्बर ३ सँग बिहिबार प्रतिष्पर्धा गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया