मेयर कप क्रिकेट : विदुर ४ क्वाटरफाईनल प्रवेश

विदुर खबर २०८२ असार १ गते २०:३२

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ पिपलटारमा जारी प्रथम विदुर मेयर कप वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

आईतवार पिपलटारमा रहेको प्रदेशस्तरीय रंगशालामा भएको दोस्रो खेलमा वडा नम्बर ९ लाई १४७ रनले पराजित गर्दै विदुर ४ समुह सि को शीर्ष स्थानमा रहँदै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विदुर ४ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २३१ रन बनाउन सफल भयो । विदुर ४ लाई ठुलो योगफल बनाउन प्रविन केशीले ८४ रन बनाए भने विकास लामिछानेले ७१ रनको योगदान दिए । यस्तै रमेश कुमार गिरीले १६ र रोशन कुमार खड्काले १० रन थपे ।

Advertisement

बलिङतर्फ विदुर ९ का अर्षभिन प्याकुरेलले ३ विकेट लिए ।

जवाफमा २३२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर ९ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । उसका लागि रुपम तिमील्सेनाले सर्वाधिक २२ रन बनाउनु वाहेक अन्यले दश रन भन्दामाथिको स्कोर बनाउन सकेनन् ।

Advertisement

बलिङतर्फ विदुर ४ को लागि नदिप श्रेष्ठले ४ विकेट लिए भने विकास लामिछानेले २ विकेट हात पारे ।

खेलमा सर्वाधिक रन बनाएका विदुर ४ प्रविन केशी म्यान अफ दि म्याच घोषित भए ।

विदुर ४ ले अब सेमिफाईनल प्रवेशको लागि आगामी असार ५ गते बिहिबार समु्ह डि को उपविजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया