दिनेशको आक्रामक ब्याटिङमा विदुर ३ को शानदार जीत

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ ले प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा शानदार विजयी शुरुवात गरेको छ ।

आज विहान भएको खेलमा विदुर नगरपालिका वडा नम्बर २ लाई १२९ रनले पराजित गर्दै विदुर ३ ले प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको विदुर ३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।
विदुर ३ लाई शानदार जीत दिलाउन दिनेश सुवेदीले बिस्फोटक ब्याटिङ गर्दै ९७ रन बनाए । उनले ४२ वलमा ११ चौका र ७ छक्का प्रहार गरि शतक नजिक पुगेर आकाश रानाको वलमा आउट भएका थिए ।
यस्तै विदुर ३ लागि राजेश रिमालले ४८ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै श्रीतेश राईले २३ रन थपे
विदुर २ का लागि विशाल मास्केले तीन विकेट लिए भने आकाश राना र रोशन भट्टले सामान २/२ विकेट लिए ।
२२३ रनको लक्ष्य लिएर जवाफमा ब्याटिङमा उत्रिएको विदुर २ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । उसको लागि आषुतोष पाण्डेले २४, रोशन भट्टले ११ र आकाश रानाले १० रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।
विदुर ३ को तर्फबाट राजेश रिमाल र विधान खतिवडाले दुई विकेत लिए ।
प्रतियोगितामा विजयी भएको विदुर ३ समुह डि को विजेता भन्दै क्वाटरफाईनल प्रवेश गरेको छ भने हार व्यहोरेको विदुर २ पनि क्वाटरफाईनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्र्तगत आज दिउँसो २ बजे विदुर ६ र विदुर १२ विच प्रतिष्पर्धा हुनेछ ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५० रुपैयाँ, उपविजेताले २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया