नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

नुवाकोट । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिरिज संयुक्त अरब इमिरेट्स (युएई)मा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ।
नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सरजाह क्रिकेट स्टेडियममा हुने सिरिज २७–३० सेप्टेम्बरमा हुनेछ।
क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।
यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ।
विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया