विदुर मेयर कप क्रिकेट : वडा नं ६ को विजयी शुरुवात

विदुर खबर २०८२ जेठ ३० गते १९:०९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ ले प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

Advertisement

विदुर –५ पिपलटारमा रहेको बाग्मति प्रदेशस्तरीय रंगशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० लाई ५ विकेटले पराजित गरि वडा नम्बर ६ ले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १० ले १७.४ ओभरमा सबै विकेट गुमाउँद १०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
विदुर ६ ले १७.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

Advertisement

विदुर ६ का सुनिल ढकालले नटआउट रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ४ चौका प्रहार गरे । यस्तै खेलको म्यान अफ दि म्याच बनेका राजेश अर्यालले १४ वलमा ३१ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

विदुर १० को लागि रोसिस सुनार, सुर्य तिवारी, विप्लव तिमील्सेना र अभिषेक गुप्ताले सामान एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न आएको विदुर १० का लागि ईसान रिमालले सर्वाधिक २१ रन बनाए भने विप्लभ तिमील्सेना १४ र उत्तम पाण्डेले १० रन बनाउनु वाहेक अरुले दोहोरो स्कोर बनाउन सकेनन् ।

Advertisement

समहु ए मा रहेको विदुर ६ ले जित हात पार्दै दुई अंकको साथ समुहको पहिलो स्थानमा उक्लिएको ।

प्रतियोगिता अन्र्तगत शुक्रवार दुई खेल हुनेछन् । पहिलो खेल विहान ७ बजे विदुर १ ले विदुर ७ सँग प्रतिष्पर्धा गर्नेछ भने दोस्रो खेलमा विदुर ४ ले विदुर ५ सँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया