विदुर मेयर कप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

विदुर खबर २०८२ जेठ ३० गते ८:२५

नुवाकोट । विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा आजदेखि प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता शुरु हुँदै छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ५ तल्लो पिपलटारमा रहेको बाग्मति प्रदेशस्तरीय रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा वडा नम्बर ६ र वडा नम्बर १० बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी लगायतले गर्ने कार्यक्रम रहेको छ ।
११ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने छ ।

Advertisement

प्रतियोगितामा सहभागिता जनाएका टिमहरुलाई ४ समुह बाँडिएको छ । जसमा समुह ए मा वडा नम्बर ६, वडा नम्बर १० र वडा नम्बर १२ रहेको छ । यस्तै समुह बि मा वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ रहेको छ । समुह सि मा वडा नम्बर ४, वडा नम्बर ५ र वडा नम्बर ९ रहेका छन् । त्यस्तै समुह डि मा वडा नम्बर २ र वडा नम्बर ३ रहेका छन् ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पर्नेछ ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत ५ सय रुपैयाँ प्रदान गरिने नुवाकोट क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया