विदुर मेयर कप क्रिकेटको खेल तालिका सार्वजनिक

नुवाकोट । प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

भोलि (जेठ २९) देखि पिपलटारस्थिति बाग्मति प्रदेशस्तरीय रंगशालामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । ११ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने छ ।
प्रतियोगितामा सहभागिता जनाएका टिमहरुलाई ४ समुह बाँडिएको छ । जसमा समुह ए मा वडा नम्बर ६, वडा नम्बर १० र वडा नम्बर १२ रहेको छ । यस्तै समुह बि मा वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ रहेको छ । समुह सि मा वडा नम्बर ४, वडा नम्बर ५ र वडा नम्बर ९ रहेका छन् । त्यस्तै समुह डि मा वडा नम्बर २ र वडा नम्बर ३ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ६ र वडा नम्बर १० बीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ बजे शुरु हुनेछ । त्यसपछि दिनको दुई खेल हुनेछन । पहिलो खेल बिहान ७ बजे र दोस्रो खेल दिउसोा २ बजे हुने आयोजक विदुर नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत ५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताको सहकार्य गरेको नुवाकोट त्रि,केट संघले जनाएको छ ।
यस्तो छ प्रतियोगिताको खेल तालिका।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया