नुवाकोट बुद्धिचाल संघको अध्यक्षमा लामा

नुवाकोट । नुवाकोट बुद्धिचाल संघको अध्यक्षमा सुरज लामा चयन भएका छन् ।

मंगलवार त्रिशुलीमा भएको संघको छैठौँ अधिवेशनले लामाको नेतृत्वमा निर्विरोध कार्य समिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा नविन श्रेष्ठ सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका प्रमुख धर्म लामाले जानकारी दिए ।
यस्तै सदस्यहरुमा सन्जिता श्रेष्ठ, शिव श्रेष्ठ र सुमित श्रेष्ठ चयन भएका छन् ।
संघको केन्द्रिय प्रतिनिधिमा निवर्तमान अध्यक्ष प्रकाश जोशी निर्वाचित भए । यस्तै प्रदेश प्रतिनिधिमा प्रकाश जोशी, अमजद आलम,सुरज लामा, राजन श्रेष्ठ र सन्जिता श्रेष्ठ चयन भएको नवनिर्वाचित सचिव हरिसचन्द्र अमात्यले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित भएसँगै लामाले आफ्नो स्वर्गिय पिता मंगल लामको नाममा प्रतियोगिता गर्ने घोषणा गरेका छन् । यस्तै नुवाकोट बुद्धिचाल संघलाई चलायमान बनाउन आफ्नो तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्नै बताए ।
यस्तै नुवाकोट बुद्धिचाल संघलाई उपाध्यक्ष नविन श्रेष्ठले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया