एक करोडको लागतमा सुर्यगढी नव युवा क्लबको भवन बन्दै

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको सुर्यगढी नव युवा क्लबको भवन निमर्माण शुरु गरिएको छ ।

करिव एक करोड रुपैयाँको लागतमा क्लबको आधुनिक भवन निर्माण कार्य सुरु गरिएको हो । नुवाकोट क्षेत्र नं १ का सांसद हित बहादुर तामाङको विशेष पहलमा संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन गरिपछि क्लबको भवन निर्माण गरिएको हो । सांसद तामाङले गाउँस्तरका युवा क्लबहरूलाई पूर्वाधारमार्फत सशक्त बनाउने उद्देश्यले सो बजेट व्यवस्थापन गराएका थिए ।
भवन निर्माण कार्य हाल प्रारम्भिक चरणमा रहेको क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए । उनका अनुसार भवन निर्माण सम्पन्न भएपछि क्लबको प्रशासनिक, खेलकुद, तालिम, तथा अन्य सामाजिक गतिविधिहरू अझ सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
स्थानीय सरकार, संघीय सरकार, र समुदायको सहकार्यमा क्लबको भवन निर्माण कार्य सम्पन्न गर्न क्लब प्रतिबद्ध रहेको उनले बताए । उनले भवनको लागि जग्गा खरिद गर्न देश तथा बिदेशबाट सहयोग गर्नै सबैलाई आभार समेत व्यक्त गरे ।
सुर्यगढी नव युवा क्लबले स्थापना कालदेखि नै फुटबल प्रतियोगिता, सरसफाइ अभियान, मन्दिर संरक्षण, ऐतिहासिक गढी पुनर्निर्माण, र युवाहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । भवन निर्माण सम्पन्न भएपछि क्लबले स्थानीय युवाहरुको क्षमता विकासमा थप योगदान पु¥याउने विश्वास सरोकारवाला निकायहरुले समेत गरेका छन् ।
सामाजिक सेवा, खेलकुद प्रवद्र्धन, र युवाहरूको क्षमता अभिवृद्धिमा निरन्तर क्रियाशील रहेको क्लबले आफ्नै भवन मार्फत आफ्ना कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना अघि सारेको छ ।
भवन निर्माणको काम याङजी कन्ट्रक्सनले गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया