एक करोडको लागतमा सुर्यगढी नव युवा क्लबको भवन बन्दै
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको सुर्यगढी नव युवा क्लबको भवन निमर्माण शुरु गरिएको छ ।

करिव एक करोड रुपैयाँको लागतमा क्लबको आधुनिक भवन निर्माण कार्य सुरु गरिएको हो । नुवाकोट क्षेत्र नं १ का सांसद हित बहादुर तामाङको विशेष पहलमा संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन गरिपछि क्लबको भवन निर्माण गरिएको हो । सांसद तामाङले गाउँस्तरका युवा क्लबहरूलाई पूर्वाधारमार्फत सशक्त बनाउने उद्देश्यले सो बजेट व्यवस्थापन गराएका थिए ।
भवन निर्माण कार्य हाल प्रारम्भिक चरणमा रहेको क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए । उनका अनुसार भवन निर्माण सम्पन्न भएपछि क्लबको प्रशासनिक, खेलकुद, तालिम, तथा अन्य सामाजिक गतिविधिहरू अझ सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
स्थानीय सरकार, संघीय सरकार, र समुदायको सहकार्यमा क्लबको भवन निर्माण कार्य सम्पन्न गर्न क्लब प्रतिबद्ध रहेको उनले बताए । उनले भवनको लागि जग्गा खरिद गर्न देश तथा बिदेशबाट सहयोग गर्नै सबैलाई आभार समेत व्यक्त गरे ।
सुर्यगढी नव युवा क्लबले स्थापना कालदेखि नै फुटबल प्रतियोगिता, सरसफाइ अभियान, मन्दिर संरक्षण, ऐतिहासिक गढी पुनर्निर्माण, र युवाहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । भवन निर्माण सम्पन्न भएपछि क्लबले स्थानीय युवाहरुको क्षमता विकासमा थप योगदान पु¥याउने विश्वास सरोकारवाला निकायहरुले समेत गरेका छन् ।
सामाजिक सेवा, खेलकुद प्रवद्र्धन, र युवाहरूको क्षमता अभिवृद्धिमा निरन्तर क्रियाशील रहेको क्लबले आफ्नै भवन मार्फत आफ्ना कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना अघि सारेको छ ।
भवन निर्माणको काम याङजी कन्ट्रक्सनले गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया