मुख्यमन्त्रि कपको उपाधिको लागि एपिएफ र पुलिस भिड्दै

विदुर खबर २०८२ वैशाख २० गते १४:००

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेश मुख्यमन्त्रि कप रााष्ट्रिय महिला फुटवल प्रतियोगिताको उपाधिको लागि आज दुई विभागिय टोली एपिएफ र पुलिस भिड्ने भएका छन् ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा दिउँसो ४ बजे पछि हुने खेलमा दुबै टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रदैछ । एपिएफले सेमिफाइनलमा रौतहटलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेका हो भने पुलिस क्लबले संकटालाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

Advertisement

खेलकुद विकास समिति नुवाकोटद्धारा आयोजित प्रतियोगितामा विभिन्न ८ ओटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया