मुख्यमन्त्रि कपको उपाधिको लागि एपिएफ र पुलिस भिड्ने

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेश मुख्यमन्त्रि कप रााष्ट्रिय महिला फुटवल प्रतियोगिताको उपाधिको लागि दुई विभागिय टोली एपिएफ र पुलिस भिड्ने भएका छन् ।

बिहीवार भएको दोस्रो सेमिफाइनलमा एपिएफले रौतहटलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेका हो ।
एपिएफलाई जित दिलाउन अनिता बस्नेत, सविता रानामगर, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र निशा थोकरले १÷१ गोल गरिन् । पहिलो हाफमा ४ गोल प्रहार गरेको एपिएफले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
खेलमा एपिएफकी सविता रानामगर ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको फाईनल खेल आगामी शनिवार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ ।
यसअघि भएको पहिलो सेमिफाईनलमा संकटा क्लबलाई १–० को झिनो गोल अन्तरमा पराजित गर्दै पुलिस फाईनल प्रवेश गरेको थियो ।
खेलकुद विकास समिति नुवाकोटद्धारा आयोजित प्रतियोगितामा विभिन्न ८ ओटा क्लबले सहभागिता जनाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया