मुख्यमन्त्रि कपको उपाधिको लागि एपिएफ र पुलिस भिड्ने

विदुर खबर २०८२ वैशाख १८ गते २१:२८

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेश मुख्यमन्त्रि कप रााष्ट्रिय महिला फुटवल प्रतियोगिताको उपाधिको लागि दुई विभागिय टोली एपिएफ र पुलिस भिड्ने भएका छन् ।

Advertisement

बिहीवार भएको दोस्रो सेमिफाइनलमा एपिएफले रौतहटलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेका हो ।

एपिएफलाई जित दिलाउन अनिता बस्नेत, सविता रानामगर, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र निशा थोकरले १÷१ गोल गरिन् । पहिलो हाफमा ४ गोल प्रहार गरेको एपिएफले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

Advertisement

खेलमा एपिएफकी सविता रानामगर ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको फाईनल खेल आगामी शनिवार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ ।

यसअघि भएको पहिलो सेमिफाईनलमा संकटा क्लबलाई १–० को झिनो गोल अन्तरमा पराजित गर्दै पुलिस फाईनल प्रवेश गरेको थियो ।

Advertisement

खेलकुद विकास समिति नुवाकोटद्धारा आयोजित प्रतियोगितामा विभिन्न ८ ओटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया