नुवाकोटमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
विदुर खबर
२०८१ चैत २९ गते ६:५२
नुवाकोट । १४ औं राष्ट्रपति रनिङ शिल्ड नुवाकोट जिल्लास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र पञ्चकन्या गाउँपालिकाको व्यवस्थापनमा शुक्रबारदेखि सो प्रतियोगिता सुरु भएको हो।
पञ्चकन्या गापाको पर्यटकीय घ्याङस्वारामा सञ्चालन भएको प्रतियोगिताको कार्यक्रमका बीच मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे।
प्रतियोगितामा नुवाकोटका स्थानीय तहका पाँच सय ५० जना खेलाडीको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मार्शल आर्टसका तेक्वान्दो, कराँते र उसुका साथै भलिबल, एथ्लेटिक्स र कबड्डी खेल गरिएको समितिका अध्यक्ष विजय गुरुङले बताए।
प्रतियोगितामा एक सय १४ स्वर्ण, एक सय १४ रजत र एक सय ३८ कास्य पदकका लागि स्थानीय तहका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया