निद्रा गडबड हुने ७ कारण

विदुर खबर २०७५ कार्तिक ६ गते १:२५

निद्रा गडबड हुने कारण  

१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा । निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ । जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ । एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ।

२. घुर्ने बानी भएमा । घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ । त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।

३. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा ।

४. मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

५. लागूऔषध दुव्र्यसनीहरुमा ।

६. शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) ।

७. हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ ।

उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ । उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ ।

निद्रा लगाउने उपाय

१. आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।

२. बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।

३. सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।

४. घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।

५. दिउँसो सुत्ने बानी हटाउने ।

६. धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।

७. स्वस्थ आहार लिने ।

८. मोटोपन घटाउने ।

९. नियमित व्यायाम गर्ने ।

– डा. निरञ्जन आचार्य, न्युरोलोजिस्ट, सिभिल अस्पताल

प्रतिक्रिया