पौडी खेल्ने क्रममा नुवाकोटको विदुरमा एकको ज्यान गयो

नुवाकोट,नुवाकोटको विदुर नगरपालिका–२ का १९ वर्षीय सुवास भण्डारीको पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसोदेखि नदीमा बेपत्ता भएका सुवासको शव खोज्न विपद् व्यवस्थापन तालीम केन्द्र चितवनबाट आएका सशस्त्र प्रहरी टोली र नुवाकोट जिल्लामा रहेको सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भण्डारीको नेतृत्वको टोलीले खोज्दा आज शव फेला पारेको थियो । स्थानीयवासीका अनुसार सुवास दोस्रो पटक पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका थिए । सुवाससहित चारजना युवा पौडी खेल्न गएका र सुवास दोस्रो पटक नदीमा पस्दा डुबेर आकुल ब्याकुल भएका र सङ्गै गएका साथीहरुले बचाउन खोज्दा नसकेको स्थानीयवासीले जानकारी दिए ।
नदी नजिकै सुवासको कुखुराको फार्म रहेकाले उनी घरबाट फार्ममा जाने भनेर हिँडेका थिए । सुवासका दाजु कृष्णका अनुसार हिजो दिउँसभर स्थानीय र प्रहरीले खोजी गरे पनि सुवास नभेटिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोलीलाई बोलाइएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया