पौडी खेल्ने क्रममा नुवाकोटको विदुरमा एकको ज्यान गयो

नुवाकोट,नुवाकोटको विदुर नगरपालिका–२ का १९ वर्षीय सुवास भण्डारीको पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसोदेखि नदीमा बेपत्ता भएका सुवासको शव खोज्न विपद् व्यवस्थापन तालीम केन्द्र चितवनबाट आएका सशस्त्र प्रहरी टोली र नुवाकोट जिल्लामा रहेको सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भण्डारीको नेतृत्वको टोलीले खोज्दा आज शव फेला पारेको थियो । स्थानीयवासीका अनुसार सुवास दोस्रो पटक पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका थिए । सुवाससहित चारजना युवा पौडी खेल्न गएका र सुवास दोस्रो पटक नदीमा पस्दा डुबेर आकुल ब्याकुल भएका र सङ्गै गएका साथीहरुले बचाउन खोज्दा नसकेको स्थानीयवासीले जानकारी दिए ।
नदी नजिकै सुवासको कुखुराको फार्म रहेकाले उनी घरबाट फार्ममा जाने भनेर हिँडेका थिए । सुवासका दाजु कृष्णका अनुसार हिजो दिउँसभर स्थानीय र प्रहरीले खोजी गरे पनि सुवास नभेटिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोलीलाई बोलाइएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया