इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने नुवाकोटका युवक पक्राउ
नुवाकोट । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनेर लुटपाट गरेको आरोपमा प्रहरीले नुवाकोटका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।
२२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङलाई आफू इन्सपेक्टर भएको बताउँदै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।
लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । लुटपाट गरेको सुनको सिक्री उनले बलबहादुरलाई बेचेको पाइएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । बलबहादुरको गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल छ ।
लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
मोटरसाइकलमा प्रयोग भएको नम्बर प्लेट समेत उनले नक्कली हालेको खुलेको छ । यही शैलीमा सुमनले अन्य व्यक्तिलाई पनि लुटपाट गरेको भन्दै ८ वटा उजुरीसमेत परेको एसपी आचार्यले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया