चाडपर्व नजिकीएसँगै ग्रामीण भेगका नागरिकहरुलाई सामान ढुवानीमा समस्या

विदुर खबर २०७५ असोज २१ गते १५:४३

गंगटे–शेरा–ढिकुरे–छहरे हुदै टोखा निस्कने सडकको अबस्था जोखिमपूर्ण

नुवाकोट असोज २१,चाडपर्व नजिकिएसँगै ग्रामीण भेगका स्थानहरुमा खाद्यान्न सामाग्रीहरुको ढुवानी ब्यापक मात्रामा बढेपनि ग्रामीण भेगका सडकहरुको मर्मत सम्भार नहुँदा नागरिकहरु समस्यामा परेका छन् ।

Advertisement

बिजया दशमीको लागी गाउमा ब्यबसाय गरेर बस्ने सर्बसाधारणहरुले दशैको लागी भनेर सदरमुकाम बिदुर र नुवकोटको मुख्य बजार त्रिशूली र बट्टार लगायतका क्षेत्रबाट सामान खरिद गरेपनि सडकको बिजोकका कारण ढुवानी गर्न समस्या भएको सर्बसाधारणहरुको गुनासो रहेको छ । बर्खाको समयमा बाढी पहिरोका कारण ग्रामीण सडकहरु ठाउठाउ बिग्रिएपनि चाडपर्वको समयमा खाल्डो परेका सडकको समयमा नै मर्मत सम्भार हुन नसक्दा सर्बसाधारणहरु मारमा परेका छन् । राजधानी सँग जोडिएको जिल्ला नुवाकोट राजधानीबाटै नुवाकोट आवातजावत गर्ने तिनै वटै मार्गको अझैसम्म पनि मर्मत सम्भार हुन सकेको छैन । अधिकांश मानिसहरु रोजगारी र पढाईको शिलशिलामा राजधानीमा नै बसोबास गर्ने तर चाडपर्व मनाउनको लागी आफ्न्र जन्मभूमि गाउ आउन चाहने यात्रुहरुले यात्रा गर्न नै कठिन भैरहेको बताएका छन् ।

यस्तै, नुवाकोटको सदरमुकाम बिदुरसँगै जोडिएको गंगटे–शेरा–बराफेदी–ढिकुरे हुँदै छहरे– टोखा निस्कने सडकको लामो समयसम्म पनि स्तरोन्नति तथा मर्मत सम्भार हुन नसक्दा जोखिमको यात्रा गर्न कठिन भएको नागरिकहरुको भनाई रहेकोे छ । गंगटेदेखि छहरेसम्मको सडकखण्डमा बर्खाको समयमा परेको खाल्डाखुल्टी नपुरेको र तादी खोलाबाट बालुवा तथा गिटी बोकेको सवारीसाधनहरु ब्यापक मात्रामा गुड्ने गरेको कारण सडकको अबस्था बिजोक भएको सर्बसाधारणहरुले बताउने गरेका छन् । नुवाकोटबाट रसुवा, धादिङ, काठमाण्डौ लगायत अन्य स्थानमा आवातजावत गर्न जोखिम सडकको कारण उतिकै कठिन भईरहेको गंगटे –ढिकुरे हुदै पञ्चकन्या जान लागेका सुसिल पराजुलीको भनाई रहेको छ ।

Advertisement

यस्तै, ग्रामीण क्षेत्रहरुमा सडकको साथसाथै बिजुली पोल पनि उतिकै अब्यबस्थित ढंगमा राखिएको गं्रमीण क्षेत्रका सर्बसाधारणहरुले बताउने गरेका छन् । बिजुलीको पोल लडेर ठाउठाउमा जोखिम बढेको भन्दै सरोकारवाला निकायहरु मौन रहेको नागरिकहरु बताउछन् । दुप्चेश्वर गाउपालिका समुन्द्रटारका रामसिंह तामाङले जनताको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित निकायले चाहे भने छोटो अबधिमा नै सडकको स्तरोन्नति हुने बताउनुभएको छ । उहाँले जोखिम र अब्यबस्थित सडकले दुर्घटना समेत निम्त्याउने गरेको बताउनुभएको छ ।
नेपालीहरुको बिशेष पर्व बिजया दशमी, तिहार नजिकीएसँगै सर्बसाधारणको बजारमा चहलपहल पनि बढेको छ । गाउगाउबाट सामान किनबेचको लागी बजार आउने जाने मानिसहरुको सवारीसाधनमा भिड नै लाग्ने गरेको छ । चाडपर्वको समयमा यात्रुले भरिएको सवारीसाधन गुड्न र सर्बसाधारणले सहज रुपमा हिडडुल गर्न ग्रामीण सडकहरुको मर्मत सम्भार हुनपर्ने सर्बसाधारणहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया