केरुङबाट भित्रिएको पाँच किलो सुन बरामद, शंकाको घेरामा रसुवाका डिएसपी
नुवाकोट असोज १७, केरुङ नाकाबाट भित्रिएको पाँच किलो सुन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई बालाजुबाट पक्राउ गरेको हो ।सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले केहीदिनअघी मात्र टोखाबाट तिनकिलो सुन सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
उक्त सुन पनि केरुङ नाकाबाट भित्रिएको थियो । रसुवामा नयाँ डिएसपी सन्तोष तमाङ गएपछि उक्त नाकाबाट सुन तस्करी हुने क्रम बढेको छ। स्रोतका अनुसार तामाङको सुन तस्करहरु सँग ठुलै हिमचिम रहेको हुँदा उनले नै सुन तस्करहरुसँग सेटिङ मिलाएको हुन सक्ने अनुमान गरिएको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया