नुवाकोटको विदुरमा अत्याधिक गर्मीले पाँच बिद्यार्थी बेहोस
नुवाकोट । अत्याधिक गर्मीका कारण नुवाकोटमा पाँच बिद्यार्थी बेहोस भएका छन् ।
विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयका पाँच जना विद्यार्थी गर्मिका कारण बेहोस भएका हुन् ।
बुधवार धेरै गर्मी भएका कारण दिउँसो विद्यालयमा पढी रहेका बेला ३ जना छात्रा र २ जना छात्रसहित ५ जना वेहोस भएका विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारका अनुसार गर्मिका कारण विद्यार्थीहरु बेहोस भएका हुन् । उनीहरु झण्डै एक घण्टा बेहास भएको बताइएको छ । गर्मीले बेहोस भएका विद्यार्थीहरूलाई चिसो पानी प्युन दिएपछि विस्तारै होसमा आएका थिए ।
अत्याधिक गर्मीको कारण विद्यार्थीहरु बेहोस भएपछि विद्यालय प्रशासनले अभिभावकसँग विदा दिने वा विहानको समयमा पढाउने भन्ने विकल्पमा छलफल गने तयारी गरिरहेको छ ।
पछिल्लो दुईसातादेखि धेरै गर्मी बढेकोले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या हुने गरेको प्रअ चित्रकारको भनाइ छ ।
यसैविच नुवाकोटमा अत्याधिक गर्मी बढेसँगै विद्यालयहरु केही समय विदा गर्नुपर्ने आवाज उठ्न थालेको छ । नुवाकोटमा दैनिकजसो तापक्रम बढिरहेको अवस्थामा विशेष गरि बालबालिकाहरुलाई समस्या परिरहेको छ ।
गर्मीका कारण विद्यार्थी बेहोस हुँन थालेकोले केही दिनका लागि गर्मी बिदा अभिभावकहरुले समेत आग्रह गरेका छन्।
गर्मी बढेसँगै नगरपालिकाले वर्षे बिदाबाट कट्टा हुनेगरि एक साता सबै विद्यालयमा विदा दिएमा गर्मीबाट बालबालिकाहरुलाई बचाउन सकिने विद्यालयका प्रध्यानाअध्यापकहरुको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया