नुवाकोटको विदुरमा अत्याधिक गर्मीले पाँच बिद्यार्थी बेहोस

नुवाकोट । अत्याधिक गर्मीका कारण नुवाकोटमा पाँच बिद्यार्थी बेहोस भएका छन् ।
विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयका पाँच जना विद्यार्थी गर्मिका कारण बेहोस भएका हुन् ।
बुधवार धेरै गर्मी भएका कारण दिउँसो विद्यालयमा पढी रहेका बेला ३ जना छात्रा र २ जना छात्रसहित ५ जना वेहोस भएका विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारका अनुसार गर्मिका कारण विद्यार्थीहरु बेहोस भएका हुन् । उनीहरु झण्डै एक घण्टा बेहास भएको बताइएको छ । गर्मीले बेहोस भएका विद्यार्थीहरूलाई चिसो पानी प्युन दिएपछि विस्तारै होसमा आएका थिए ।
अत्याधिक गर्मीको कारण विद्यार्थीहरु बेहोस भएपछि विद्यालय प्रशासनले अभिभावकसँग विदा दिने वा विहानको समयमा पढाउने भन्ने विकल्पमा छलफल गने तयारी गरिरहेको छ ।
पछिल्लो दुईसातादेखि धेरै गर्मी बढेकोले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या हुने गरेको प्रअ चित्रकारको भनाइ छ ।
यसैविच नुवाकोटमा अत्याधिक गर्मी बढेसँगै विद्यालयहरु केही समय विदा गर्नुपर्ने आवाज उठ्न थालेको छ । नुवाकोटमा दैनिकजसो तापक्रम बढिरहेको अवस्थामा विशेष गरि बालबालिकाहरुलाई समस्या परिरहेको छ ।
गर्मीका कारण विद्यार्थी बेहोस हुँन थालेकोले केही दिनका लागि गर्मी बिदा अभिभावकहरुले समेत आग्रह गरेका छन्।
गर्मी बढेसँगै नगरपालिकाले वर्षे बिदाबाट कट्टा हुनेगरि एक साता सबै विद्यालयमा विदा दिएमा गर्मीबाट बालबालिकाहरुलाई बचाउन सकिने विद्यालयका प्रध्यानाअध्यापकहरुको भनाई छ ।
प्रतिक्रिया