प्रधानाध्यपक पण्डितको हत्या आरोमा चार पक्राउ, अदालतद्धारा ४ दिन म्याद थप

विदुर खबर २०७५ असोज १४ गते १३:४८

नुवाकोट असोज १४, नुवाकोटको दुप्चेश्वर गाउपालिका वडा नं. ६ स्थित दुप्चेश्वर नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यपक गणेश बहादुर पण्डितको हत्याको आशंकामा चारजना पक्राउ परेका छन ।

Advertisement

गत बिहिबार विद्यालयमा पढाइसकेपछि सम्पर्कविहिन भएका प्रअ पण्डित आफन्त र गाउलेहरुले खोज्दै जाने क्रममा विद्यालयभन्दा अन्दाजी एकसय मिटर माथी बासबोटे जंगलमा संकास्पदमृत अबस्थामा फेला परेका थिए । प्रअ पण्डित जङ्गल क्षेत्रको भीरबाट लडेको जस्तो देखिए पनि उनको शरीरको विभिन्न अङ्गमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले घटनामा अपराध भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

हत्याको आशंकामा दुप्चेश्वर गाउँपालिका वडा नं ६ रामतीका राजकुमार तामाङ,ढाडखर्कका महेन्द्र तामाङ, दिपबहादुर तामाङ र सुरेन्द्र तामाङ पत्राउ परेको जिल्ला प्रहरी कार्यलउ नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवँरले बताउनुभयो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत नुवाकोटबाट अनुसन्धानको लासि ४ दिनको म्याद थप गरिएको छ ।

Advertisement

प्रतिक्रिया