सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने नुवाकोटका किरण पक्राउ
नुवाकोट । गोप्य फोटो र भिडियो सार्वजनिक गरेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमाडौंका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पीडित महिलाको उजुरीका आधारमा प्रहरीले नुवाकोटको शिवपुरी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-११, बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो ।
उनीविरुद्ध गत पुस ८ गते महिलाको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो । त्यसपछि फरार रहेका थापालाई खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको गोंगबुबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार ती महिला र थापा सामाजिक सञ्जाल फेसबुकमार्फत् जोडिएर प्रेम सम्बन्धमा थिए । त्यही क्रममा उनीहरुबीच मेसेन्जरमार्फत् गोप्य फोटो र भिडियोसमेत एकआपसमा साँटासाट भएको थियो ।
तर पछि सम्बन्ध बिग्रिएपछि थापाले प्रेमिकाको फोटो र भिडियो उनको परिवारका सदस्य र आफन्तहरुलाई पठाएर चरित्र हत्या गरेका थिए ।
त्यसपछि ती महिलाले थापाविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया