नुवाकोट महोत्सव : आज पशुपति शर्मा रचना रिमालको लगायतको प्रस्तुती हेर्न पाइने

विदुर खबर २०८० फागुन ३ गते १०:५३

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अन्र्तगत आज सातौ दिन विभिन्न चर्तित गायक तथा गायिकाहरुको प्रस्तुती रहने छन् ।

Advertisement

आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अनुसार आज गायक पशुपति शर्मा, राजा राजेन्द्र, सागर सुनार तथा सुनिल थापामगरको प्रस्तुती रहने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र बुढाथोकीले विदुरखबरलाई जानकारी दिए ।

त्यस्तै चर्चित गायिकाहरु रचना रिमाल, टिका सानु, लक्ष्मी स्याङत्याङ लगायतको आज नै प्रस्तुती हेर्न पाइने बुढाथोकीले जानकारी दिए ।

Advertisement

माघ २६ गतेदेखि शुरु भएको महोत्सव यहि फागुन ७ गतेसम्म संचालन हुने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया