आठौँ नुवाकोट महोत्सव आजदेखि शुरु
नुवाकोट । आठौँ नुवाकोट महोत्सव आजदेखि शुरु भएको छ ।
नुवाकोटको विदुर ४ विदुरमा भएको महोत्सवको प्रधानमन्त्रि पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रचण्डले पासाङल्हामु राजमार्ग अन्र्तगत रहेको रानीपौवा–पिपलटार सडकखण्डको निर्माणको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नुवाकोट जिल्लाको विकास निर्माणसँग सम्बन्धित, शिक्षा स्वास्थ्य र रोजगारीसँग सम्बन्धित कुराहरुलाई आउने निति तथा कार्यक्रम र बजेटमा अधिकतम ध्यान दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले नुवाकोटको मात्र नभई देशकै आर्थिक विकासको निम्ती टोखा–छहरे सडकमार्ग अगाडी बढीरहेको भन्दै पहिले डिपिआर तयारी गर्ने काम भइरहेको बताए ।
उनले नुवाकोटको ऐतिहासिक साततले दरवारको पुननिर्माण अझै हुन नसकेको भन्दै यसले नुवाकोटको पर्यटनको क्षेत्रमा धक्का लागेकोले आगामी वर्षको निति कार्यक्रम र बजेटमा नुवाकोट दरवार पुननिर्माणको कामलाई अगाडी बढाउने बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया