मालीमा सुन खानी भत्किदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो

एजेन्सी । पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किँए पछि अहिलेसम्म कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
जहिले पनि खानी भत्किने खतरा रहेको क्षेत्रमा सो दुर्घटना भएको हो ।
मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा धेरै खानी कामदारको ज्यान गएको जनाएको थियो । यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले खानी मजदुरहरुलाई सुरक्षा मापदण्डहरु पालना गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ ।
यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डलाई ध्यानमा राख्न धेरै पटक सल्लाह दिइएको छ। यसैबीच, माली सरकारले मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।
सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया