लामो पदयात्रा गरेर मनाइयो विश्व पर्यटन दिवस
नुवाकोट असोज ९ , ककनीदेखि शिवपुरीसम्म लामो पदयात्रा(हाइकिङ) गरेर आज विश्व पर्यटन दिवस मनाइएको छ ।
ककनी गाउँपालिकाको ककनीदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै शिवपुरी गाउँपालिका–७ को सुइरेचौरसम्म पदयात्रा गरिएको हो । पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् बिहीबार मनाइँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हाइकिङको उद्घाटन गर्नुभयो ,
सांसद तथा नेकपा प्रदेश नंं ३ का सहइञ्चार्ज हितबहादुर तामाङले ककनी–शिवपुरी हाइकिङले राजधानी नजीकैको पर्यटकीयस्थललाई चिनाउने काम गरेको बनाउनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आयोजनामा ककनीबाट शुरु भएको हाइकिङ करीब तीन घण्टामा सुइरेचौरमा पुगेर सम्पन्न भएको थियो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाले सुइरेचौरलाई पर्यटकीय थलोका रुपमा विकास गर्न बजेटसमेत छुट्याएको बताउनुभयो । उहाँले शिवपुरी गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलमा पदयात्रा मार्ग विस्तार गर्र्दै दिगो पर्यटन विकास गराउने योजना रहेको बताउनुभयो ।
समुद्री सतहबाट एक हजार ९२५ मिटरको उचाइमा रहेको सुइरेचौरबाट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको मनोरम दृष्य तथा अन्नपूर्ण , लाङटाङ, गौरीशङ्कर, गणेश हिमाल, राउचुली र अन्य हिमशङ्खलालगायत दृश्यको अवलोकन गर्न सकिने शिवपुरी–४ सिक्रेका गुरmङ पर्यटन व्यवसायी सङ्घ नेपालका महासचिव ईश्वर गुरmङले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया