नक्कली नोटसहित नुवाकोटका तीनजना पक्राउ
नुवाकोट । नुवाकोटका तीनजना नक्कली नोटसहितत पक्राउ परेका छन् ।
उनीहरुलाई रसुवा प्रहरीले उत्तरगया गाउँपालिका वडा नं ५ स्थित होटेल हङरबेलीबाट नक्कली नेपाली नोट ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नं ६ बस्ने ३२ वर्षीय बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका वडा नम्बर ८ बस्ने मानबहादुर गुरुङ र दुचेश्वर गाउँपालिका ७ बस्ने ४० वर्षीय ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन् ।
उनीहरुलाई मंगलबार प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । नक्कली नोट छ भनी खबर पाएपछि इलाका प्रहरी कार्यालय कालीकास्थानबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त होटेलबाटै नक्कली नोटसहित बा ६५ प ७६७९ र बा ७३ प १५२५ नम्बर दुई स्कुटरलाई नियन्त्रणमा लिएका हुन् ।
होटेलको कोठामा कागज र पत्रिका काटिएका टुक्राहरु रहेको साथै स्कुटरको डिकिभित्रबाट रातो रंगको छालाको झोलाभित्र १ हजारको नेपाली नोटसहित पत्रिकालाई काटेर पैसाको आकारमा बनाएको फेला पारेको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्र प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै पैसाको आकारमा ४ बण्डल ५ सयको नोटको साइजमा काटिएको कागज फेला परेको उनले बताए ।
रसुवाले उनीहरूलाई ठगी उद्योगमा मुद्दामा दिन सातको म्याद दिई मुद्रासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
उनीहरूलाई ७ दिन म्याद थपी कारबाही अगाडि बढाइने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया