नुवाकोटमा अवैध रुपमा पानी ट्याङकर चल्दै
नुवाकोट । नुवाकोटमा अवैध रुपमा पानी ट्याङ्कर चल्दै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटसँग सेटिङ मिलाएर पानी ट्याङकर व्यवसायीहरुले अवैध रुपमा पानी ट्याङकर चलाउँदै आएका हुन् । विदुर, बट्टार त्रिशुली र ढुङ्गे लगायतको स्थानमा बढी चल्ने सो पानी ट्याङ्करहरुका कागजातहरु रिन्यु फेल हुनुका साथै कोही चालकसँग सवारीचालक अनुमतिपत्र समेत नरहेको पाइएको छ ।
लामो समयदेखि जिल्लाको बजार क्षेत्रमा पानी विक्री गरिरहेका ट्याङकर व्यवसायीहरुको ट्राफिक प्रहरीले समेत चेकजाँच नगर्ने र चेकजाँच गरेपनि मिलेमतोमा छाड्ने गरेको गुनासो आउँन सुनिन थालेको छ ।
केही ट्याङ्कर व्यवसायीहरुले अनुमति नलिइकन ट्रकलाई समेत ट्याङकर बनाएर चलाउन थालेका छन् । यातायात कार्यालयमा ट्रकको अनुमति लिएर ब्लुबुकमा आफैले ट्याङकी लेखेर समेत ट्याङकर चलाइरहेका छन् ।
नुवाकोटको बजार क्षेत्रमा अहिले झण्डै पाँचओटा ट्याङ्करहरु चल्दै आएका छन् । जसमा बाघ भैरम खानेपानी सप्लायर्स र अनमोल खानेपानी सप्लायर्सले सानन २/२ ओटा पार्नी ट्याङकर चलाइरहेका छन् भने श्रेष्ठ पानी सप्लायर्सले एकओटा ट्याङकर संचालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख राजिव तिवारीले जिल्लामा रहेका ट्याङकरहरुको विषयमा गुनासो आइरहेको भन्दै एक दुई दिनमा ट्याङकर समातेर कागजातहरु चेकजाँच गर्ने बताए । मलाई जिल्लामा संचालित ट्याङकरहरुको विषयमा गुनासो आइरहेको छ एक दुई दिनमा नतिजा देखिने गरि कारवाही गर्छु, तिवारीले विदुर खबरसँग भने ।
तर अवैध रुपमा संचालन भइरहेको ट्याङकरबाट कुनै र्दुघटना निम्तिएमा ठुलो मुल्य चुकाउनुपर्ने भन्दै सरोकारवालाहरुले चिन्ता जनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया