सेतो पुतलीबाट बचौं, आँखाको दृष्टि गुम्न सक्छ

विदुर खबर २०८० भदौ २८ गते २०:१९

नुवाकाोट । यतिबेला मध्य पहाडी भेगमा हानिकारक सेतो पुतलीले सार्ने शापू रोगको प्रकोप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Advertisement

रातको समयमा ट्युवलाईट र बिजुली बत्ती, पर्दा, कपडा, झ्यालमा झुम्म भएर बस्ने सेतो पुतलीको झुस आखाँमा पर्‍यो भने आखाँको ज्योतिसम्म गुम्ने चिकित्सकहरु बताउँछन् ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाएको छ । महाशाखाले यस रोगको लक्षण देखिएमा आफूखुशी औषधी वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाएको छ ।

Advertisement

शापु एक दृष्टिनाशक रोग हो । प्राय वर्षायामपछि भदौदेखि मंसिरसम्म शापु महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।

शापु रोगका लक्षणहरू के के हुन् ?

  • एक्कासी एउटा आँखा रातो हुनु
  • चिप्रा नलाग्नु
  • उज्यालोमा हेर्न नसक्नु
  • आँखाको दृष्टिमा तत्कालै कमी हनु
  • आँखा दुख्नु
  • उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
Advertisement

शापूको रोकथाम कसरी गर्ने

  • सेतो पुतलीको संसर्गबाट टाढै रहने
  • धेरै उज्यालो सेतो बत्ती नबाल्ने
  • साँझ र राती झ्याल ढोका बन्द गर्ने
  • सम्भव भएसम्म अयाल ढोकामा जाली हाल्ने
  • आफूखुसी औषधि वा जडिबुटिको प्रयोग नगर्ने
  • सुल्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने

आजभन्दा करिब ४४ वर्षअघि पोखरामा सेतो पुतली भेटिएको दाबी चिकित्सकहरुले गरेका छन् । नेपालमै पहिलो पटक २०३२ मा याे रोग देखिएको थियो । त्यसबेला यस रोग डाक्टर मदनकुमार उपाध्यायले पत्ता लगाएका थिए। लामो अनुसन्धानपछि डाक्टर उपाध्यायले यस रोगलाई ‘सापु’ नाम दिएका थिए ।

प्रतिक्रिया