पहिराले विदुर खानेपानीको पाइपमा क्षति, केही दिन धारामा पानी नआउने
विदुर खबर
२०८० भदौ २५ गते १२:३९
नुवाकोट । शनिवार विदुर नगरपालिका वडा नम्बर १० को रिठ्ठेघारीमा सुख्खा पहिरो आउँदा विदुर खानेपानीको पाइपमा क्षति पुराएको छ ।
बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक सुचना जारी गर्दे सुख्खा पहिरोको कारण खानेपानीको पाइप लाइनमा क्षति भएकोले अनिश्चित रुपमा फलाखु खोलाको मुहानको पानी उपभोत्ताहरुको धारामा नआउने जनाएको छ ।
बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष संजीव श्रेष्ठले विदुर १० को रिठ्ठेघारीमा सुख्खा पहिरो आउँदा खानेपानीको पाइपमा क्षति पुगेको बताए ।
यसअघि गत महिना पनि अविरल वर्षाको कारण आएको बाढीले फलाखु खोलाको मुहानमा क्षति पुराएपछि बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बजार क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट खानेपानी वितरण गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया