तारकेश्वरका ११ ओटा सामुदायिक विद्यालयहरुलाई फर्निचर

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिका भित्र रहेका ११ ओटा सामुदायिक विद्यालयहरुलाई फर्निचर उपलब्ध गराएको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले विद्यालयहरुलाई फर्निचर उपलब्ध गराएका हुन् । केही महिना अगाडि गाउँपालिका अध्यक्ष अधिकारीले बिद्यालयहरुको अनुगमन गर्दा केही विद्यालयहरुमा फर्निचरको अति आवश्यक रहेको देखेपछि आज सो विद्यालयहरुलाई आवश्यकताको आधारमा दराज, कुर्सी, अफिस टेवल र लो टेवल वितरण गरिएको हो ।
वितरण गरिएको सामाग्रीहरुमा दाज ११ थान , अफिस कुर्सी, ११ थान , अफिस टेबल ११ थान र लो टेबल ५५ थान रहेका छन् । विद्यालयलाई चाहिने आवश्यक फर्निचर वितरण गर्दै आउँपालिका अध्यक्ष अधिकारीले पछिल्लो समय पालिका भित्रको शैक्षिक सुधारका लागि शिक्षकहरुको सरुवा गर्ने निर्णयलाई लिएर अनावश्यक हौवा फैलाइएको भन्दै असन्तुष्टि व्यत्त गरेका छन् ।
उनले पालिकाको शैक्षिक सुधार गर्ने काममा अवरोध सिर्जना गर्ने र भाँड्ने मानसिकताबाट मुत्त हुने सबैलाई आग्रह गरे ।
गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाको शैक्षिक उनन्नयको लागि आफु विद्यालयहरुलाई जस्तो सुकै सहयोग गर्न समेत तयार रहेको प्रतिबद्धता व्यत्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया