नुवाकोटमा बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा आज विहान ९ बजे म्यागङ गाउँपालिकाको प्रदेश ०१–०२–झ ६०६५ नम्बरको बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।
म्यागङ गाउँपालिकाबाट साहुगाउँ तुप्चे हुँदै विदुरतर्फ आउने क्रममा बोलेरो र्दुघटना भएको प्रहरीले जानकारी दिएको छ ।
र्दुघटनामा मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ पल्चोकका ५५ वर्षिय होमवहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी खगेन्द्र वहादुर खतिवडाले जानकारी दिए ।
मृतक वस्नेत लेखापरिक्षक रहेकोले अडिटको क्रममा केही समयदेखि म्यागङ गाउँपालिकामा वस्दै आएका थिए ।
र्दुघटनामा सवारी चालक म्यागङ गाउँपालिका वडा नम्बर ५ का जसवीर तामाङ घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।
मृत वस्नेतलाई उपचारका लागि नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्र प्याकुरेलले आफ्नै गाडीमा त्रिशुली अस्पताल लगेका थिए । तर अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
र्दुघटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया