नुवाकोटको त्रिशूलीमा महिलाको शव फेला
विदुर खबर
२०८० साउन २४ गते २१:१७

नुवाकोट । तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमालको शव फेला परेको हो ।
बुधबार पौने पाँच बजेतिर स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा ती महिलाको पहिचान खुलेको र उनी बुधबार बिहान घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
मृतकका परिवारलाई जानकारी गराई शव त्रिशूली अस्पतालमा पोस्टमार्टमका लागि ल्याइँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिमालको मृत्युबारे अनुसन्धान भैरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया