त्रिशुली–काठमाण्डौको भाडा घट्यो, कहाँ जान कति लाग्छ ?

विदुर खबर २०८० साउन ११ गते १८:१३

नुवाकोट । बाग्मति प्रदेश सरकारले नुवाकोट रसुवा र धादिङसहित बागमती प्रदेशका जिल्लाहरुमा भाडा घटाएको छ ।

Advertisement

आजदेखि लागु हुने गरेर सरकारले बाग्मति प्रदेशसमा भाडा घटाएको हो । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए ।

बिहीबार लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।

Advertisement

अब त्रिशुली–काठमाण्डौको भाडा २ सय ४० रुपैयाँमा झरेको छ । यस्तै काठमाण्डौ–देविघाट–त्रिशुलीको भाडा २ सय ५१ रुपैयाँमा झरेको छ । त्यस्तै काठमाण्डौ–टोखा–त्रिशुलीको भाडादर २ सय ६ पुगेको छ ।

त्यस्तै काठमाण्डौ–टोखा–सातविसेको भाडादर २ सय ५० रुपैयाँ कायम भएको छ भने देविघाटबाट गल्छीसम्मको भाडा मात्र ६१ रुपैयाँ पुगेको छ । यस्तै त्रिशुली–आप्रहको भाडादर ६८ रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै त्रिशुली–चोकदे ५८ रुपैयाँ, त्रिशुली–देउराली ५० रुपैयाँ, र काठमाण्डौ–धुन्चेको भाडादर ४ सय ७ रुपैयाँ कायम भएको छ ।
राजपत्रमा सूचना प्रकाशित भएपछि सो भाडा दर लागू हुने बताइएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो ।

यसअघि नै यातायात मन्त्रालायले पनि घाडा घटाएको थियो ।

प्रतिक्रिया