सूर्यगढी गाउँपालिकाको बजेट ३८ करोड ५१ लाख
नुवाकोट । सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बिहीबार १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले आव ०८०/८१ को आर्थिक वर्षको लागि ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।
पालिकाको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष घलेले बताए । सूर्यगढी गाउँपालिकाको आव ०८०/८१ को विनियोजन विधेयक र आर्थिक विधेयक उपाध्यक्षले प्रस्तुत गरेकी थिइन् ।
संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ७ करोड ५६ लाख, संघीय ससर्त अनुदान चालुतर्फ १५ करोड ७४ लाख, पुँजीगततर्फ ५५ लाख, विशेष अनुदानतर्फ १ करोड २० लाख, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडफाँडबाट प्राप्त ६ करोड ४९ लाख ८४ हजार ६ सय प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ६९ लाख ५० हजार, ससर्त अनुदान चालुतर्फ १ करोड ३२ लाख १० हजार, ससर्त अनुदान पुँजीगततर्फ ४५ लाख, राजस्व बाँडफाँडतर्फ १ करोड १० लाख २ हजार ८ सय ४९, समपुरक अनुदानतर्फ २ करोड प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ ४० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान बजेटमा छ ।
आर्थिक विकासअन्तर्गत कृषि तथा पशुपंक्षी, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्रमा ९० लाख विनियोजन गरिएको छ । सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलगायतमा ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
र्वाधार विकासमा १५ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गततर्फ ३५ लाख, महिलाहरु लाभान्वित हुने ‘महिलासँग उपाध्यक्ष कार्यक्रम’अन्तर्गत प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याएको छ ।
संस्थागत विकास तथा सेवा प्रवाहअन्तर्गत १४ करोड ४७ हजार ४ सय ४९ रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहले यही असार १० गतेसम्ममा आगामी नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया