सुर्यगढी गाउँपालिकाले एकल पुरुषलाई विशेष भत्ता दिने
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले एकल पुरुषलाई विशेष भत्ता दिने भएको छ ।
सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ५५ वर्षदेखि ६७ वर्षसम्मका एकल पुरुष ( विदुर ) का लागि विशेष भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए ।
त्यसका लागि बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चिततासहित कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागेको घलेले बताए । यो निर्णयले ५५ वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन् ।
यस्तै गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकता दिई लागु गर्ने भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता वडा वडामा वितरण गर्ने, जेष्ठ नागरिक सम्मान तथा सद्भाव कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम लागु गरिने भएको छ ।
सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँ पारित गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया