नुवाकोटको सामरीबाट अवैध सालको काठ बरामद
विदुर खबर
२०८० जेठ १३ गते १८:४७

नुवाकोट । नुवाकोटको सामरीबाट अवैध सालको काठ बरामद गरिएको छ ।
शुक्रवार राती ११ बजेको समयान प्रहरी चौकी सामरीबाट खटिएको टोलिले म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरी स्थित कागुनेबाट धादिङ जिल्ला तर्फ जादै गरेको बा ३ क ३२९६ नम्बरको आईचर चेकजाँच गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीको टोलिले चिरुवा काठ लोड गरी लैजादै गरेको अवस्थामा फेला पारको हो । प्रहरीको टोलिले तत्कालै आईचर , आइचर चालक म्यागङ ३ का योगेश तामाङ र सोहि गाडीमा सवार रहेका बिदुर नगरपालिका वडा नम्बर १३ बस्ने मैत तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आइचरमा ८४.८७ क्यु फिट सालको काठ रहेको बताइएको छ । वरामद गरिएको काठलाई कारवाहीको लागि डिबिजन बन कार्यालय नुवाकोटमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया