ट्रेड युनियन कांग्रेस नुवाकोटको अध्यक्षमा खड्का
विदुर खबर
२०८० जेठ १० गते १५:४४

नुवाकोट । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटको अध्यक्षमा मछिन्द्र खड्का सर्वसम्मत रुपमा निर्वाचन भएका छन् ।
ट्रेड युनियन कांग्रेसको ७ औ जिल्ला अधिबेसनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
विद्यार्थी राजनितिबाट राजनिति शुरु गरेका खड्का नुवाकोट आदर्श वहुमुखी क्याम्पस बट्टारका पुर्व स्ववियु सभापति तथा नेवि संघ नुवाकोटका पुर्व अध्यक्ष समेत रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया