नेपाल किसान महासंघ नुवाकोटको अध्यक्षमा पाठक
विदुर खबर
२०८० जेठ ८ गते ९:५९

नुवाकोट । नेपाल किसान महासंघ नुवाकोटको जिल्ला अध्यक्षमा अजय पाठक मनोनित भएका छन् ।
नेपाल किसान महासंघको नुवाकोटमा संगठन विस्तार तथा आगामी जिल्ला अधिवेशनको लागि भन्दै आईतवार पाठकलाई अध्यक्षको जिम्मा दिइएको नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए ।
अध्यक्षको जिम्मा पाएका पाठकलाई नुवाकोट जिल्लाको सबै वडा, पालिका, प्रदेश र संघिय निर्वाचन क्षेत्रको निर्वाचन केन्द्रले तोकेकै समयमा गराउन भनिएको छ ।
सम्बन्धित
प्रतिक्रिया