नुवाकोटमा राष्ट्रिय परिचयपत्र अब वडाबाटै वितरण गरिने
नुवाकोट । नुवाकोटमा राष्ट्रिय परिचयपत्र अब वडाबाट वितरण गरिने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र जिल्लास्तरीय अन्तरक्रियामा गाउँपालिका र नगरपालिका जनप्रतिनिधिहरूलाई उक्त जानकारी दिएको हो ।
विभागका निमित्त महानिर्देशक सूर्यबहादुर खत्रीले १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य यो महिनाभित्रमै वडास्तरबाट थालिने बताए । नुवाकोटमा १२ स्थानीय तह र ८८ वडा छन् ।
राष्ट्रिय परिचयपत्रले दोहोरो नागरिकता र राहदानी लिनेहरू निरुत्साहित हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । नुवाकोटमा हालसम्म ३७ हजार ५ सय ८६ जनाले राष्ट्रिय परिचयपत्र लिएको विभागले जनाएको छ ।
वडास्तरबाट राष्ट्रिय परिचयपत्रको लागि ४० जना कर्मचारी परिचालित हुने विभागले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया