माफी माग्दै रिहा भए कलाकार देशभक्त खनाल

विदुर खबर २०७५ भदौ २९ गते १:५६

नुवाकोट भदौ २९, फेसबुकमार्फत् चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका बरिष्ठ कलाकार देशभक्त खनाल रिहा भएका छन् ।
फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो । बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि साढे १ बजे उनी छुटेका हुन् । उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छाडेको हो ।
कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा एक स्टाटस लेख्दै कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् । आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा मागेका छन् ।
Advertisement

प्रतिक्रिया