गल्छी–त्रिशुली सडक अवरुद्ध
नुवाकोट । मृतकका आफन्तले दोषीलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेपछि गल्छी–त्रिशुली सडक अवरुद्ध भएको छ ।
हिजो राती करिव १२ बजे धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ निवुवाबोट भन्ने स्थानमा विवादका क्रममा स्थानिय निरज पण्डितले सोही स्थानमा विनोद थापामगरलाई धारिलो हतियार प्रयोग गरि सख्त घाइते बनाएके जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइते विनोदलाई स्थानिय अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि काठमाण्डौको नर्भिक अस्पतालमालगिएको थियो तर राती १ बजे चिकित्सकले उनलाई मृत घोषित गरे ।
घटनामा संलग्न भएका निरज पण्डितलाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतकका आफन्तले विहानै ६ बजेदेखि विभिन्न स्थानमा प्रर्दशन गर्दै सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध भएसँगै पृथ्वी राजमार्ग तथा गल्छी–त्रिशुली सडकखण्ड ठप्प भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया