नुवाकोटको साततले दरबार छिट्टै र्निर्माण गर्छौं : चिनियाँ राजदूत छन

विदुर खबर २०८० वैशाख १९ गते १७:३१

नुवाकोट ।  नेपालका लागि चिनियाँ राजदूत छन सङले कोरोना महामारीका कारण सात वर्षदेखि पुनर्निर्माण हुन नसकेको विदुर नगरपालिका २ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक साततल्ले दरबार र यस वरपरि रहेका सम्पदाहरूको छिट्टै पुनर्निर्माण गर्ने आश्वासन दिएका छन् ।

Advertisement

सोमबार राजदूत छनले पुरातात्त्विक सम्पदाहरूको अवलोकन गरेपछि अब छिट्टै पुनर्निर्माण थालिन बताएका हुन् ।

यसका साथै चीनले तीन वर्षमा नुवाकोटका सबै पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्ने भएको छ । साततल्ले दरबार र वरपर पुनर्निर्माणका लागि आवश्यक पर्ने इँटा, सुर्की र काठहरू लैजाने बाटो साँघुरो भएकाले सडकको समेत स्तरोन्नति गर्नुपर्ने भएको छ ।

Advertisement

‘चाँडै काम सुरु गर्छौं । काम सुरु गरेको ३ वर्षमा काम सम्पन्न गर्नेछौं । ईन्द्र चोकदेखि दरबारसम्मको बाटो व्यवस्थापन गर्नुपर्छ,’ राजदूतको भनाइ उद्धृत गर्दै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले भने, ‘बाटो समस्या र समान स्टोर गर्ने ठाउँ अभाव छ । तपाईंहरूले सहयोग गर्नुस् ।

हामी सुरुमा साततल्ले दरबार सुरु गर्छौं र बिस्तारै सबै गर्छौं ।’

Advertisement

प्रतिक्रिया